चितवन निकुञ्जमा असार १५ देखि जीप सफारी बन्द
चितवन | असार ९, २०८२
चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जीप सफारी बन्द गरिने भएको छ । वर्षासँगै निकुञ्जभित्र जीप जान असहज हुने भएकाले सफारी बन्द गर्न लागिएको हो ।
निकुञ्जले हरेक वर्ष बर्खाको समयमा सफारी बन्द गर्ने गर्छ । र, चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुला गरिन्छ । वर्षा लम्बिए सोहीअनुसार खोल्ने समय पछाडि सार्ने गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, गत वर्ष असार १६ गतेदेखि जीप सफारी बन्द गरिएको थियो । असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।
उनका अनुसार, वर्षाले बिगारेको सडक मर्मतसम्भार गरेर जीप सफारी खुला गरिन्छ । मध्यवर्ती सामुदायिक वनमा भने जीप सफारी नरोकिने उनले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकनलगायत पर्यटकीय गतिविधि पनि नियमित सञ्चालन गरिने उनले जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार, विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका निम्ति बन्द गर्ने गरिन्छ । त्यसबाट निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए ।
वर्षायाममा बाढी आउने र खोलाखोल्सा बढ्ने, रुख ढल्ने, बाटो समेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जंगली जनावर समेत नदेखिने उनको भनाइ छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

